गृहपृष्ठ ∕ खेलकुद ∕ सन्दीपलाई गोप्यरुपमा एक साता अगाडी नै क्यानडा पठाएका थियौं : अध्यक्ष चन्द सन्दीपलाई गोप्यरुपमा एक साता अगाडी नै क्यानडा पठाएका थियौं : अध्यक्ष चन्द Karobarpati मंगलबार, २०८१ जेठ २९ गते, १६:२९ मा प्रकाशित काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई वेस्ट इन्डिज पठाउनेक्रममा एक साता अगाडी नै क्यानडा पठाएको खुलासा गरेका छन् । नेपाल ट्युब अस्ट्रेलियाले युट्युबमा सार्बजनिक गरेको चन्दसँगको कुराकानीमा सन्दीपलाई अवरोध हुनसक्ने अनुमान गरेर गोप्यरुपमा क्यानडा पठाएको बताएका हुन् । अध्यक्ष चन्दले सन्दीपले क्यानडामा एक हप्ता अभ्यास समेत गरेको दाबि गर्दै उनलाई हाल क्यानडाका प्रशिक्षक रहेका पुबुदु दासनायकेले सहयोग गरेको बताएका छन् । चन्दले भनेका छन्, ‘टोटरन्टोमा हुँदा पनि उनी निरन्तर अभ्यासमा नै थिए । यसमा पूर्वप्रशिक्षकले भित्री रूपमा सहयोग गर्नुभयो । विभिन्न अवरोध र बाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पुर्याएका हौँ । यसमा हामी सफल भएका छौँ ।’ अध्यक्ष चन्दले नेपाललाई विश्वकपमा पुर्याउन सन्दीपको ठुलो योगदान रहेकाले उनले विश्वकप खेल्न हकदार रहेको बताए । त्यसैले नै अमेरिकाको भिसा नपाए पनि वेस्ट इन्डिजमा खेलाउन क्यानले प्रयास गरेको र यसमा क्यान सफल भएको बताएका छन् । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य जर्मनीको युरोकपमा विजयी शुरुवात गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य जर्मनीको युरोकपमा विजयी शुरुवात गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो