गृहपृष्ठ ∕ समाज ∕ त्रिविको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान त्रिविको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान Karobarpati सोमबार, २०८० पुस २३ गते, १५:०७ मा प्रकाशित काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि छनोट तथा सिफारिस समितिले पुनः दरखास्त आह्वान गरेको छ । समितिले यसअघि निकालेको दरखास्त आह्वान विवादमा परेपछि त्यसलाई रद्ध गरी पुनः सूचना जारी गरेको हो । यसअघि त्रिविले निकालेको सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको व्यहोरा खुलेको विवरणसहित आवेदन पेस गर्न सूचना निकालेको थियो । उक्त सूचनाले त्रिविभित्रको राजनीतिक भागबण्डालाई प्रशय दिएको भन्दै विभिन्न टिकाटिप्पणीसमेत भएको थियो । विवाद सिर्जना भएपछि त्रिविका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आवेदनको मापदण्ड सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । सोही अनुसार त्रिविले सोमबार नयाँ सूचना जारी गरेको हो । अब नयाँ सूचनाअनुसार योग्यता पुगेका सम्पूर्ण नेपाली नागरिकले त्रिविको उपकुलपतिका लागि दरखास्त दिन सक्नेछन् । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत मोरङमा सुरू भयो बायोग्यास उत्पादन घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत मोरङमा सुरू भयो बायोग्यास उत्पादन घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज