२०८२ वैशाख २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआयात १६.१ प्रतिशत र निर्यात २१.४ प्रतिशतले घट्यो

आयात १६.१ प्रतिशत र निर्यात २१.४ प्रतिशतले घट्यो


काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा आयत तथा निर्यात दुवै घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समिक्षामा अवधिमा निर्यातमा २१.४ प्रतिशत र आयतमा १६.१ प्रतिशतले कमी आएको छ । अघिल्लो आवमा  ४१.७ प्रतिशतले निर्यात र २४.७ प्रतिशतले आयात बढेको थियो ।

यस अवधिमा नेपालबाट अन्य मूलकमा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो भने १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको अन्य मूलुकबाट नेपालमा वस्तु तथा सेवा आयात भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ ३१.३ प्रतिशतले निर्यात घटेको छ भने चीनतर्फ ११८.३ प्रतिशत र अन्य मुलुकतर्फ भएको निर्यात १०.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै ,वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेशनरी सामान, अलकत्रा, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस, एम.एस.विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भट्मासको तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्यातफ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आव २०७९/०८० मा कुल वस्तु व्यापार घाटा १५.५ प्रतिशतले कमी आई .१४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो।

यस अवधिमा निर्यात-आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ५४ अर्ब ४२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात २ खर्ब १३ अर्ब ५३ करोड बराबरको भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल राष्ट्र बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ