गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया हाल्यो : ओली कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया हाल्यो : ओली Karobarpati मंगलबार, २०७९ पुस २६ गते, १४:५३ मा प्रकाशित काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकारलाई विश्सासको मत लिने कांग्रेसको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयको स्वागत गर्दै धन्यवाद दिएका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय इतिहासमा नयाँ भाष्य निर्माण गरेकाे र त्याे इतिहासमा छलफल हुने बताए । ‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेर कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया दिएको छ,’ उनले भने, ‘कांग्रेसले प्रचण्डलाई दुई वर्षपछि त विश्वासको मत दिन्छु भनेकै थियो । अहिले दुई वर्षअघि दिँदा के नै बिग्रिन्छ र । म कांग्रेसलाई धन्यवाद दिन चाहन्छु ।’ कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने भन्ने कुरा नै नउठ्ने ओलीको भनाइ छ । साेही कारण प्रधानमन्त्रीले मागेकाे विश्वासकाे मतकाे प्रस्तावमा एमालेकाे समर्थन पनि रहने जनाए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ७ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ट्रेण्डिङ विश्व इतिहासमा आज मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा एनआईसी एशियाको ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ अफर सार्वजनिक आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ज्योति विकासले गर्यो लाभांशको घोषणा ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना विश्व इतिहासमा आज मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा एनआईसी एशियाको ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ अफर सार्वजनिक आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ज्योति विकासले गर्यो लाभांशको घोषणा ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना