२०८२ वैशाख २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस.बि.आई.एल.क्यापिटल लि.को अध्यक्ष नियुक्त

स.बि.आई.एल.क्यापिटल लि.को अध्यक्ष नियुक्त


काठमाडौं । सि.बि.आई.एल.क्यापिटल लिको संचालक समितिको अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् ।

कम्पनीको पुस २४ गते बसेको १०५ औं संचालक समितिको बैठकले यस संस्थाको अध्यक्षमा काफ्लेलाई नियुक्ति गरेको हो । पुराना संचालकहरुको पदावधि समाप्त भई, संस्थाको विशेष साधारण सभाबाट नियुक्त भएका संचालकहरुमध्येबाट मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनल लि.को तर्फवाट मनोनित संचालक सदस्य भएका थिए ।

उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल लि.तर्फबाट अन्य संचालकहरु राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि-म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सि.बि.आई.एल.क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह-लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूणर् शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवि व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सि.बि.आई.एल.क्यापिटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ