काठमाडौं – गरिमा विकास बैंकको वार्षिक साधारण सभा आउदो पुस २२ गते बस्ने भएको छ । उक्त सभा कास्की पोखरास्थित होटल पोखरा ग्रान्डमा बिहान १० बजेबाट सुरु हुनेछ ।
बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको २८२ औं बैठकले गत आर्थिक २०७८/७९ नाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजी ४ अर्ब ६९ करोड ८ लाख ७३ हजार ५०१ रुपैयाँको १.५० प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२ रुपैया नगद लाभाशं र हाल कायम चुक्ता पुँजीकै १३ प्रतिशत हुन आउने ५९ करोड ६८ लाख १३ हजार ५४५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, आर्थिक वर्ष २०७८-७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते देखि पुस २२ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस ७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।