गृहपृष्ठ ∕ समाचार ∕ पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु Karobarpati बुधबार, २०७९ कात्तिक ३० गते, १३:४४ मा प्रकाशित पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ । पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरुप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने वैदिक सनातन हिन्दू धर्मशास्त्रीय परम्परा छ । दिवङ्गत पितृका नाममा शतबीज छर्न मार्गशीर्ष कृष्ण त्रयोदशीकै बेलुकीदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने गर्छ । भक्तजन मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृका नाममा बत्ती बालेर बस्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीको बिहानै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छर्ने गरिन्छ । यस वर्ष बाला चतुर्दशी पर्वको तयारीका लागि कोषको संस्कृति संरक्षण महाशाखालाई सबै जिम्मेवारी दिइएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष मङ्सिर ८ गते बाला चतुर्दशी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आकासियो डलरको भाउ जर्मनीको युरोकपमा विजयी शुरुवात सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आकासियो डलरको भाउ जर्मनीको युरोकपमा विजयी शुरुवात सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक