२०८२ वैशाख २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियसर्वसाधारणका लागि अमेरिकामा डिसेम्बर देखि कोरोना विरुद्ध भ्याक्सिन दिइने

सर्वसाधारणका लागि अमेरिकामा डिसेम्बर देखि कोरोना विरुद्ध भ्याक्सिन दिइने


काठमाडौं । अमेरिकामा डिसेम्बरबाट सर्वसाधारणलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन दिन सुरु हुने सम्भावना रहेको बताइएको छ । समाचार एजेन्सीहरुले जनाए अनुसार अमेरिकामा ११ डिसेम्बरदेखि अमेरिकामा भ्याक्सिन दिन सुरु हुनेछ ।

एजेन्सीहरुले दावी गरे अनुसार बेलायत, जर्मनीमा पनि डिसेम्बरबाट औपचारिक रुपमा भ्याक्सिन दिन सुरु गरिने छन् । छिमेकी राष्ट्र भारतमा भने नयाँ वर्ष सन् २०२१ को तीन महिनाभित्र सर्वसाधारणका लागि दिने सम्भावना छ ।

कोभिड —१९ का कारण ज्यान गुमाउनेमा पहिलो स्थानमा रहेको अमेरिकामा कोभिड—१९ विरुद्धको भ्याक्सिन टास्क प्रमुख मोन्सेफ सलोइले सीएनएनसँगको एक अन्तर्वार्ता कार्यक्रमा अमेरिकामा पहिलो व्यक्तिलाई डिसेम्बर ११ मा भ्याक्सिन दिइने भनेका छन् ।

उनले बताए अनुसार तयारी पहिलेनै भए सँगै फुड एण्ड ड्रग एडमिनेष्ट्रेसन (एफडिए)ले अनुमति दिने बितिकै भ्याक्सिन दिन सुरु गरिनेछ । उनका भने ‘मलाई पूरा विश्वास छ कि ११ वा १२ डिसेम्बरसम्म अनुमति मिल्नेछ,’  १० डिसेम्बरमा एफडिएको महत्वपूणर् बैठक बस्दैछ । यही बैठकले भ्याक्सिन लगाउन अनुमति दिने अपेक्षा गरिएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेनका अनुसार स्पेनमा भ्याक्सिनको काम जनवरीबाट सुरु हुनेछ । सान्चेनकाले भने ‘हामीले हाम्रातर्फबाट आवश्यक सबै महत्वपूणर् तयारी गरिसकेका छौ ं । हामी जनवरीमा भ्याक्सिन दिने गरी हिडिरहेका छौ र तीन महिनामा पूरै देशलाई आवश्यक डोज दिइनेछ ।’ स्पेन र जर्मनी युरोपका पहिला यस्ता देश हुनेछन्, जहाँ भ्याक्सिन पूणर् हुनेछ । देशमा कुल १३ हजार भ्याक्सिन प्वाइन्ट बनाइएका छन् । एजेन्सी


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ