२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रटान निर्वाचनमा नयाँ समीकरण

टान निर्वाचनमा नयाँ समीकरण


पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकङि एजेन्सजि एशेसएिशन अफ नेपाल (टान)को निर्वाचनमा अध्यक्षका प्रतस्पिर्धी निलहरि बाँस्तोलाका नेतृत्वमा नयाँ समीकरण बनेको छ ।

निर्वाचनमा नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायी बाँस्तोलाको नेतृत्वमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी समर्थित पर्यटन व्यवसायी सहकार्य गर्न तयार भएका हुन् । कांग्रेस निकट व्यवसायीहरूको सङ्गठन नेपाल पर्यटन व्यवसायी सङ्घ (नटि ) र एमाले नकिट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनबीच सहकार्य गरेर निर्वाचनमा जाने सहमति भएको हो ।

टानको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा दुवै सङ्गठन सहकार्य गरेर जाने सहमति भएको निटका अध्यक्ष दीपक महतले जानकारी दिए । यस्तै बाँस्तोला नेतृत्वमा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठनले पनि सहकार्य गर्ने जनाइएको छ ।

अध्यक्ष महतले टान नेतृत्व चयनका लागि तीन सङ्गठनबीच सहकार्य गरेर जाने समझदारी बनेको जनाउँदै नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायी सङ्गठनलाई पनि राष्ट्रिय सहमति साथ सहकार्य गरेर जान आह्वान गरिएको बताए । उनले निर्वाचनमा सहकार्य गर्ने निर्णय भए पनि अध्यक्षबाहेकका अन्य पदाधकिारी र सदस्यमा पद बाँडफाँटको पहल भइरहेको उल्लेख गरे  ।

टान निर्वाचनमा अध्यक्षका प्रत्यासी बाँस्तोलाले उम्मेदवारी घोषणा गरेर आफ्ना चुनावी एजेण्डासहित प्रचार-प्रसारलाई तीव्रता दिए । टानको अध्यक्ष पदका लागि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, कमल सापकोटा र बोधराज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन । यही साउन ३० गते हुने टानको निर्वाचनमा  अध्यक्ष, पदाधकिारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमित मिध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरनिेछ । एक हजार आठ सय व्यवसायी आवद्ध छन् ।


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ