२०८१ मंसीर १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने

ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने


काठमाण्डौे । महिलाहरुलाई आर्थिकरुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यका साथ ग्लोबल आइएमई बैंकले महिलाहरुका लागी ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ ।

 

बैंकका अनुसार एकलाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो मुद्दति योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकता अनुसार पटक पटक रकम थप गर्न पनि सकिने व्यवस्था छ ।

 

बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दशलाखभन्दा बढी रकमको मुद्दति खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराइने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘मेरी उनीलाई’ मुद्दति खाता योजना अन्तर्गत मुद्दति खाता खोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउनेछन् भने निश्चित रकमसहित मुद्दति खाता खोल्ने प्रतिवद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवामा अतिरिक्त सुविधाहरु प्रदान गर्ने उद्देश्यले समयक्रम अनुसार यस्ता योजनाहरु ल्याउने गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ