गृहपृष्ठ ∕ समाज ∕ आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै Karobarpati बिहीबार, २०७८ कात्तिक १८ गते, ०८:०० मा प्रकाशित काठमाडाैं । कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो बनाई लक्ष्मीको आह्वान गरिन्छ । भगवान रामचन्द्रले आजकै दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको रामायणमा उल्लेख छ । यस्तै यमपञ्चकको पाँच दिन यमराज आफ्नी बहिनी यमुनाकहाँ बस्ने र यो समयमा मृत्यु भएकाहरू नरक जान नपर्ने विश्वास गरिन्छ । यसैको खुसीयालीमा आजको दिन दीपावली गरी मनाइने विश्वास छ । लक्ष्मी पूजाको दिन सुख समृद्धिको मनोकामनासहित माता लक्ष्मीको विशेष पूजाआराधना गरिन्छ । घर तथा व्यवसायको भण्डारण कक्ष, दराज आदिमा लक्ष्मीको प्रसाद चन्दन, अबिरलाई स्वस्तिक चिन्ह अंकित गर्ने प्रचलन छ । यसो गर्दा सम्पत्ति बढोत्तरी हुने विश्वास छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ५ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ट्रेण्डिङ राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने नेपाली मुद्रा इतिहासकै कमजोर भोलिबाट कारोबारमा आउने मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने नेपाली मुद्रा इतिहासकै कमजोर भोलिबाट कारोबारमा आउने मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष