२०७९ असोज १०, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस 

मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस 


काठमाडौं – न्याय परिषदले आगामी निर्वाचनका लागि ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको छ ।

परिषदले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतमा खटाउने गरी ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको हो ।

साथै १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाउने गरी नाम सिफारिस गरिएको छ । न्यायसेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतमा खटाउने गरी नाम सिफारिस गरिएको छ ।

निर्वाचनका लागि खटाउने कर्मचारीको नाम सम्बन्धित् कार्यालयले सिफारिस गरेपछि निर्वाचन आयोगले उनीलाई नियुक्त गरी काममा लगाउने संवैधानिक व्यवस्था छ ।


क्याटेगोरी : प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ